निषेधाज्ञामा समस्यामा परेका विपन्न परिवारलाई खाद्यान्न

  पहिलोपेज समाचारदाता

 147 पटक हेरिएको

दाङ । मेची महाकाली युवा अभियान र एक व्यक्ति एक रुपैयाँ अभियानले घोराही उपमहानगर पालिका— १८, ढोडेनी र लमही नगरपालिका—८, अर्जुनखोलामा बस्ने ११ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका ती अति विपन्न परिवारहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको थियो ।

यस कार्यक्रमलाई इजरायल निवासी समाजसेवी सुनिता गुरुङले १५ हजार आर्थिक सहयोग गर्नुभएको अभियन्ता ममता मानवसेवाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार