मदिरा व्यवसायी महासंघले दियो पत्रकार महासंघलाई स्वास्थ्य सामग्री

  पहिलोपेज समाचारदाता

 163 पटक हेरिएको

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत उक्त सामग्री प्रदान गरेको हो ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहीबार १० हजार मास्क र १ हजार स्यानिटाइजर हस्तान्तरण गर्नुभएको हो ।

मदिरा व्यवसायी महासंघका अध्यक्ष शेर्पाले विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकारहरुमा स्वास्थ्य सामग्रीहरुको अभावले जोखिम बढ्नसक्ने भएकाले उक्त सहयोग गरिएको बताउनुभयो । आफूहरुले विभिन्न संकटहरुमा मानवीय सेवा र सहयोग गदै आएको बताउँदै शेर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसँग सहकार्य गर्ने उल्लेख गर्नुभयो ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले मदिरा ब्यवसायी महासंघलाई आभार तथा धन्यवाद व्यक्त गरेको छ । पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेलले मदिरा ब्यवसायी महासंघले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुलाई प्रदान गरिने बताउनु भयो ।

उक्त स्वाथ्य सामग्रीहरु बोकेर मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पासहित रुपक अर्याल र सदस्य राजन केसी पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा पुग्नुभएको थियो । उक्त कार्यक्रमा पत्रकार महासंघका केन्द्रीय अ्रध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष कलेन्द्र सिजुवाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार