राजमोद्वारा गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापा पदमुक्त

  पहिलोपेज समाचारदाता

 379 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशसभा सचिवालयलाई आजैको मितिमा पत्र लेख्दै पार्टीको ह्वीप उल्लंघन गरेका बागलुङ १ (ख)बाट विजयी सांसद कृष्ण थापालाई सोधिएको स्पष्टीकरण सन्तोषजनक नभएकाले उनलाई पदमुक्त गर्ने पार्टीको निर्णय भएको जनाउनु भएको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको बैठकले पनि नेता थापालाई पदमुक्त गर्ने निर्णय गरेको सचेतक पियारी थापाले प्रदेशसभा सचिवालयलाई सूचित गर्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव असफल पार्न सांसद थापाले निर्णायक भूमिका खेलेका थिए । यद्यपि पार्टीले भने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

राजमो केन्द्रीय समितिको पत्र

 

 

 

 

राजमो गण्डकी प्रदेश संसदीय दलको पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार