सेनाले छिल्लीकोट मन्दिर परिसरमा बनाएको संरचना हस्तान्तरण

  पहिलोपेज समाचारदाता

 798 पटक हेरिएको

दाङ । तुलसीपुर उपमहानगरपालिका— १९ छिल्लीकोटस्थित कालिका मालिका मन्दिर परिसरमा नेपाली सेनाले भौतिक संरचना निर्माण सम्पन्न गरेको छ । प्राचीन इतिहास र धार्मिक महत्व बोकेको मन्दिर परिसरमा नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउने नीतिअनुरुप नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भौतिक संरचना निर्माण सम्पन्न भएसंगै बिहीवार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

विनियोजित १० लाख रुपैयाँ तथा श्री रणसिंहदल गणको श्रमदानबाट निर्मित भौतिक संरचना सेड घर, ९३ वटा फलामे बेन्च तथा २ सिटे शौचालयहरुको श्री १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायकरथि मदनकुमार केसीले कालिका मन्दिर समितिका अध्यक्ष पूर्ण पुनलाई हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा तुलसीपुर १९ का वडाध्यक्ष रामबहादुर योगी, रणसिंहदल गणका गणपति प्रमुख सेनानी उज्वल केसी, कालिका मालिका मन्दिर समितिका अध्यक्ष पूर्ण पुन र कोषाध्यक्ष प्रवीण पुन लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस्ता जन उपयोगी सार्वजनिक महत्वका कार्यक्रमहरुले स्थानीय तहमा नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध सुधार एवं प्रगाढ हुने र भबिष्यमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउँदै जाने गणपति प्रमुख सेनानी केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार