हर्षपुर होम स्टे प्रवद्र्धनमा पर्यटनकर्मीको भ्रमण

काठमाडौं । तनहुँ जिल्लाको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डाँडागाउँ हर्षपुर होम स्टे प्रवद्र्धनका लागि २ दिने अध्ययन एवं अवलोकन भ्रमण गरिएको छ ।

तनहुँ पर्यटन प्रवद्धन समाजका अध्यक्ष गुप्त भण्डारीको संयोजकतामा आयोजित भ्रमण कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी संघ सस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

ठमेल पर्यटन विकास परिसदका उपाध्यक्ष भविश्वर शर्मा, सचिव बद्री तिम्सिना, टानका पूर्व अध्यक्ष तथा गणतन्त्र स्टोनियाका वाणिज्य दूत नवराज दाहाल, एन एम एका कोषाध्यक्ष सुदर्शन न्यौपाने टानको कोषाध्यक्ष रितु ग्याम्दान, नाराका पूर्व महासचिव शेखर थापा, कोषाध्यक्ष रिता, पर्यटन व्यवसायी तथा पूर्व भिटोफ अध्यक्ष बोधराज भण्डारी, पर्यटन व्यवसायी शिव पौडेल, सञ्चारकर्मी लगायतका ३५ बन्दा बढीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार