ज्यानमारा मुस्कानको पोष्टर आयो, भिडियो आउँदै

  पहिलोपेज समाचारदाता

 383 पटक हेरिएको

दाङ । नेपाली गीत/संगीतको दुनियाँमा फेरि अर्को गीत थपिने भएको छ, ज्यानमारा मुस्कान । आगामी फागुन २ गते रिलिज हुने “ज्यानमारा मुस्कान”को अहिले भने पोष्टर सार्वजनिक गरिएको छ ।

दाङका चर्चित गीतकार दुर्लभ केसीको शब्द रहेको “ज्यानमारा मुस्कान” बोलको गीतमा “आइएमइ लोक स्टारका विजेता शनि विश्वकर्मा र समीक्षा अधिकारीको सुमधुर स्वर समेटिएको छ । संगीत संयोजन आशीष अविरलको रहेको सो गीतको छायाङ्कन समाप्त भइसकेको छ भने म्युजिक भिडियो फागुन २ गते रिलिज गर्ने तयारी रहेको गीतकार दुर्लभ केसीले बताउनुभयो ।

“ज्यानमारा मुस्कान”मा पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ । “ज्यानमारा मुस्कान” बोलको सो गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् ।

मायाप्रेमको विषयवस्तु र त्यसकै सेरोफेरोमा घुमेको यो गीत युवापुस्तामाझ अझ बढी लोकप्रिय हुने अपेक्षा गरिएको छ । हाइलाइटस नेपालको युट्युब च्यानलबाट उक्त गीत भ्यालेन्टाइन डेको अवसरमा फागुन २ गते सार्वजनिक गर्न थालिएको निर्माण पक्षले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार