निफ्राको आइपिओ भर्नुभयो ? डिम्याट खोल्नेको भीड, यस्तो छ हालसम्मको अवस्था

  पहिलोपेज समाचारदाता

 526 पटक हेरिएको

काठमाडौ । नेपालमा हालसम्मकै ठूलो मानिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आइपीओ खुलेको तेस्रो दिन भएको छ । तेस्रो दिन अर्थात आइतबार करिब १० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार साढे ४ बजे सम्ममा ८ लाख २ हजार ७ सय ८ वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।

उक्त बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलका अनुसार आइपीओमा ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ता अर्थात ९ अर्ब ९४ करोड ६ लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणका लागि निष्काशन गरिएको ७ करोड ५८ लाख ४० हजार कित्ताको १.३१ गुणा बढी हुन आउँछ ।

आफ्नो जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको हो । त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउने छन् ।

बैंकको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । त्यसअनुसार माघ ६ गतेसम्म मात्रै शेयरमा आवेदन दिन सकिने छ । मागभन्दा बढी आवेदन परे पनि बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आइपीओमा आवेदन गर्ने सबैले शेयर पाउने सम्भावना भने अझै रहेको छ ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आइपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ । अझै डिम्याट खाता खोल्नेको संख्या उत्तिकै बढिरहेको छ । बैंकको आइपीओमा आवेदन गर्नेको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ । तीमध्ये सबै आवेदकलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता शेयर पर्ने देखिन्छ । तर सबै आवेदकले ५० कित्ताको लागि आवेदन नगर्न पनि सक्छ । त्यसैले न्युनतम ५० देखि ७० कित्तासम्मको लागि आवेदन गर्दा उपयुक्त हुने देखिएको छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार