प्रचण्ड निवास खुमलटार पुगे मसालका महामन्त्री मोहनविक्रम सिंह

  पहिलोपेज समाचारदाता

 503 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”की धर्मपत्नी सीता दाहाल अस्वस्थ भएको खबर सार्वजनिक भएपछि उहाँ स्वास्थ्यलाभको कामना गर्दै प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो ।

प्रचण्ड निवास खुमलटार पुगेपछि महामन्त्री सिंहले प्रचण्डपत्नी सीता दाहालको पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको शुभकामना दिनुभएको थियो । सोहीक्रममा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटघाटका क्रममा उहाँहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा लगायतका विषयमा कुराकानी भएको थियो । महामन्त्री सिंह अध्यक्ष प्रचण्डका राजनीतिक गुरुसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार