प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

  पहिलोपेज समाचारदाता

 1172 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । प्रेसर, सुगर र पार्किन्सनको रोगी दाहाल मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी निजी सचिव एवं पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा आमा सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिनुभएको हो । उहाँले आमाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

अस्पताल भर्ना गरिएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने उहाँले खुलाउनुभएको छैन । यसअघि उहाँको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीता दाहालको सिंगापुरमा समेत उपचार गरिएको थियो ।

प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित हुनुहुन्छ । लामो समयदेखि अस्वस्थ रहनुभएकी सीता छोरा प्रकाश दाहालको निधनपछि अझै बढी अस्वस्थ बन्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार