प्रचण्ड–नेपाल समूह संसद विघटनवि?द्ध आन्दोलनमा जाने

  पहिलोपेज समाचारदाता

 366 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल “प्रचण्ड” र माधव नेपाल समूहले संसद बिघटनबि?द्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै बैठकले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंको एक पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले संसद बिघटन गर्ने निर्णय संविधानविपरीत भएको भन्दै संघर्षका कार्यक्रम तय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय कमिटी समेत बनाएको छ ।

पार्टी संगठनवि?द्ध रहेका गतिविधिका वि?द्ध पार्टी एकतालाई थप बलियो बनाउनका लागि तथा प्रतिनिधिसभाको विघटनको कथित निर्णयवि?द्ध पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको श्रेष्ठले बताउनुभयो ।

बैठकले शुक्रबार निर्वाचन आयोगमा केन्द्रीय कमिटीका सदस्य तथा संसदह? सहभागी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै पुस १४ गते राजधानीसहित जिल्ला जिल्लामा विरोध प्रदर्शन गरिने, २५ गतेसम्म सबै वडाह?मा भेला आयोजना गर्ने निर्णय बैठकले गरेको श्रेष्ठले बताउनुभयो ।

यसैबीच बैठकले महासचिवको चयनको जिम्मा स्थायी कमिटीलाई दिएको छ । त्यस्तै केन्द्रीय कमिटी, स्थायी कमिटी र जिल्ला कमिटीमा रिक्त सदस्यको मनोनयनको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ । बैठकमा प्रचण्डले प्रतिनिधिसभा विघटन, दलमा विभाजन ल्याउने जस्तो विगतका घटनालाई सम्झेर अहिलेको घटनाक्रमलाई तिनकै पुनरावृत्ति भनेर ठान्ने गल्ती गर्न नहुने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार