रत्नपार्कमा किन बम्किए राप्रपा नेता कमल थापा ?

  पहिलोपेज समाचारदाता

 555 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगिनी, राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।

त्यस्तै थापाले राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस् । भव्य पार्क बनाइयोस् । हाम्रो पूरा सहयोग रहने छ तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकीर्ण र विकास विरोधी छ । निर्णय पुनर्विचार गरियोस् । द्वन्द्व निम्त्याउने काम नहोस । काठमाडौं मनपाको यो कार्यले राष्ट्रिय विभूति शंखधर साख्वको समेत अवमूल्यन भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होइनन् । उहाँको सम्मानको निमित्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नायकका ठाउँमा पार्क बनाऔं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार