कोरोना जितेर फर्केपछि के भने चित्रबहादुर केसीले ?

  पहिलोपेज समाचारदाता

 197 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । गत कार्तिक २५ गते मेडिसिटी अस्पताल ललितपुरमा भर्ना हुनुभएका केसीले कोरोना भाइरसलाई जितेर डिस्चार्ज हुनुभएको हो ।

अस्पतालबाट डिस्चार्ज भएपछि अध्यक्ष केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै अहिले आफूले स्वस्थ भएको महसुस गरेको बताउनु भएको छ । उहाँले आफ्नो स्वास्थ्यबारे चासो राख्ने शुभचिन्तकहरु सबैमा र नेपाल सरकारप्रति धन्यवाद ज्ञापन पनि गर्नुभएको छ ।

विज्ञप्तिको पूर्णपाठ
“म बिरामी भएर २०७७ कार्तिक २५ गते मेडिसिटी अस्पताल, ललितपुरमा उपचारको लागि भर्ना भई मंसिर २ गते डिस्चार्ज भएको छु । मलाई निमोनिया, कोभिड–१९ को संक्रमण र अन्य पुराना समस्याहरुले गर्दा गम्भीर रुपमा बिरामी भएको थिएँ ।

अहिले मैले स्वस्थ महसुस गरेको छु । कोरोना भाइरसको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा मेरो उपचारको लागि डाक्टर तथा नर्सहरुले लगातार खटेर सेवा गर्नुभयो । पार्टीका साथीहरु, अरु पार्टीका नेताहरु र देश तथा विदेशमा रहनु भएका शुभचिन्तकहरुले मेरो स्वास्थ्यको बारेमा चिन्ता चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुभयो । महामहिम राष्ट्रपतिले पनि मेरो स्वास्थ्यको बारेमा चासो राख्नुभयो । पहिला पार्टीले उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय गरेको थियो । पछि नेपाल सरकारले मेरो उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय ग¥यो । सबैको सेवा, सहयोग र शुभकामनाले म स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएको छु । मेरो सेवामा खट्नु हुने डाक्टर तथा नर्सहरु, राष्ट्रिय जनमोर्चा र अरु पार्टीका साथीहरु, देश र विदेशमा रहेका शुभचिन्तकहरु तथा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार