शर्माको श्रद्धाञ्जली सभा सम्पन्न , शैक्षिक आन्दोलनको बीजारोपण गर्नुभयो : घर्ती

  पहिलोपेज समाचारदाता

 79 पटक हेरिएको

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव एवं लुम्बिनी प्रदेशका अध्यक्ष मदनकुमार शर्माको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द«ीय समितिले तुलसीपुर –१८ दुधरासस्थित शर्माको निवासमै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । १३ औ दिनको पूण्यतिथिका अबसरमा आयोजित शोकसभालाई प्रतिनिधि सभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपूरी घर्तीले सम्बोधन गर्नु भएको थियो ।

त्यस अबसरमा घर्तीले शैक्षिक आन्दोलनमा शर्माको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो । २०४६ सालको अन्दोलनसँगै दाङ, रोल्पा, रुकुम, जाजरकोट, भेरी लगायतका विभिन्न स्थानमा शैक्षिक आन्दोलनको बीजारोपण गरेको स्मरण गर्दै शर्माकै पहलमा कतिपय स्थानमा विद्यालय खुलेको वताउनुभयो ।

प्रमुख अतिथि समेत रहनु भएकी घर्तीले जनयुद्धका क्रममा पनि उहाँको योगदान महत्वपूर्ण रहेको वताउनुभयो ।

यस्तै शोकसभालाई राष्ट्रियसभा सदस्य एवं नेकपा लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’, लुम्बिनी प्रदेशसभा सदस्य दामा शर्मा, मृतक शर्माकी जीवनसंगिनी अम्बिका शर्मा, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष रत्न वली,तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डे, कार्यपालिका सदस्य, गंगादेव गाउँपालिका अध्यक्ष नीरबहादुर खत्री लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संगठनका केन्द«ीय उपाध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमबहादुर केसीले गर्नुभएको थियो ।

सहभागी सम्पूर्णलाई एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अर्थ उप महासचिव माधव महराले स्वागत गर्नु भएको थियो । शर्माको गत कार्तिक २२ गते नेपालगंञ्जस्थित भेरी अंञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको थियोे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार