काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले एकमुष्ट रुपमा दशै भत्ता नलिने भएका छन् ।
विश्वव्यापीरुपमा जारी कोरोना महामारीका कारण देशको अर्थतन्त्र जर्जर बनेको र सर्वसाधारण नेपाली दुई छाक खान नपाउने अवस्थामा पुगेको भन्दै सांसदहरुले दशै भत्ता लिने विषयका बारेमा चौतर्फी विरोध भएको थियो । चौतर्फी विरोध बढेपछि नेकपाले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसदीय दलका नेता केपी शर्मा ओलीको तर्फबाट केहीबेरमा वक्तब्य जारी गर्ने जानकारी दिनुभयो । उहाँले एकमुष्ट रुपमा सबै सांसदहरुको दशै भत्ता नलिने निर्णय हुन लागेको जानकारी दिनुभयो ।