साताको दोस्रो दिन कति घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  पहिलोपेज

 372 पटक हेरिएको

काठमाडौं । यो साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार भन्दा २०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

हिजो आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आज सुनको मूल्य घटेको भए तापनि चाँदीको मूल्य भने स्थिर देखिएको छ । आइतबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार