दशैंको यो साता निकै शुभ छ यी ८ राशिको भाग्य, साप्ताहिक राशिफल हेर्नुहोस्

  पहिलोपेज

 418 पटक हेरिएको

मिति २०७७ साल कार्तिक २ गते आइतबारदेखि कार्तिक ८ गते शनिबारसम्मको साप्ताहिक राशिफल ।

मेष
काममा बाधा गर्नेहरु अगाडि सर्नेछन् । पद प्रतिष्ठामा आँच आउनेछ । पेटको समस्याले स्वास्थ्यमा समस्या बल्झिनेछ । अचानक काममा पैसा खर्च गर्नुपर्नेछ । पुरानो कामको समस्या आइपर्ने तथा मित्रहरुबाट धोका हुन सक्नेछ ।

धर्ममा रुचि बढ्ने एवम् विदेशबाट फाइदा मिल्नेछ । परोपकार र साझा काममा समय जानेछ । सानो यात्रा हुनेछ । सन्तानको प्रगति एवम् भाग्यले साथ दिनेछ । सरकारी क्षेत्रमा फाइदा, पदप्रतिष्ठामा वृद्धि एवम् रोजगारीको राम्रो अवसर मिल्नेछ । क्षमताको कदर हुनेछ ।

वृष
वैवाहिक कुराले स्थान पाउनेछ । प्रेममा प्रगति हुनेछ । मातापिताको सहयोगले घरायसी वादविवाद साम्य हुनेछ । व्यावसायिकयात्रा हुनेछ । पारिवारिक भेटघाट एवम् नयाँ मित्रसँग नयाँ कामको थालनी हुनेछ ।

साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने, काममा रोकावट हुने तथा अपमानको भय रहन्छ । लगानीमा सोचे जस्तो फाइदा कम हुनेछ । साताको अन्त्यमा भने लामो यात्रा हुने, सन्तानको सुख बढ्ने एवम् इष्टमित्रबाट राम्रो सहयोग एवम् अधुरा कार्य बन्ने देखिन्छ ।

मिथुन
साथीभाइसँगको रमाइलोमा धनको व्यय हुनेछ । घरबाहिरको काममा व्यस्तता बढ्नेछ । यात्रामा भन्झट एवम् सरसामान हराउन सक्नेछ । खेलकुदमा मन जानेछ । घरबाट टाढा बस्नुपर्ने एवम् आफन्तबाट छुट्टिनु पर्नेछ ।

माया प्रेममा मिठो कुराकानी हुने एवं वैवाहिक प्रसंग इष्टमित्रमा चल्नेछ । यात्राको सुख मिल्ने छ । नयाँ ठाउँमा भ्रमण हुनेछ । काममा बाधा आउने, बीचमा स्वास्थ्यले समस्या दिनेछ । आफन्तमा झमेला आइपर्नेछ । खर्च बढ्नाले आँटेको काममा ढिलासुस्ती हुनेछ ।

कर्कट
सन्तानको पक्षबाट खुशीको खबर मिल्ने एवं साथ सहयोगले आर्थिक काममा टेवा पुग्नेछ । बौद्धिक काममा मन बढी जानेछ । अध्ययनमा सफलता मिल्नेछ । कला, संगीत एवम आध्यात्मिक रुचि बढ्नेछ ।

स्वास्थ्यले साथ दिने तथा शत्रु बाधा हटेर जानेछ । सन्तानले सहयोग गर्ने एवम् व्यापार व्यवसायमा आम्दानी राम्रो हुनेछ । मुद्दा मामिला एवम् वादविवादमा आफ्नो जीत हुनेछ । साताको अन्त्यमा भने यात्रा गर्नुपर्ने तथा प्रिय मित्रसँग भेटघाट हुनेछ ।

सिंह
पैतृक सम्पत्तिको किचलोले पारिवारिक समस्या बल्झिनेछ । धनको कारणले मानसिक चिन्ता बढ्नेछ । घरका सदस्यसँग कुरा नमिल्नाले आफ्नो योजना विफल हुनेछ । जग्गा जमिन एवम् साँध सिमानामा कलह हुनेछ । विद्यामा भने प्रगति एवम् काममा उत्साह बढ्नेछ ।

कला संगीतमा प्रगति हुने एवम् माइती मावली ससुराली पक्षबाट आर्थिक सहयोग मिल्नेछ । धनको सहयोग गर्ने अघि सर्ने तथा छोराछोरीबाट खुशी बढ्नेछ । व्यापारमा आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । फलफूल र अन्नको कारोबारबाट आम्दानी हुनेछ ।

कन्या
हिडडुलमा बढी धन खर्च हुनेछ । काममा थप जिम्मेवारी बहन गर्नु पर्नेछ । महत्वपूर्ण काम थाँती बस्नेछ । सानो यात्रा गर्नुपर्नेछ । दाजुभाइबाट सहयोग मिल्ने तथा बन्धुबान्धवबाट आश्वासन मिल्नेछ ।
साताको मध्यमा भने महिला वर्गसँग दुश्मनी एवम् परिवारमा मित्रता टुट्नेछ । जिम्मेबारी थपिने तथा नयाँ काममा आँट मिल्नेछ । साताको अन्त्यमा भने विद्या अध्ययनमा प्रगति एवम् कृषि तथा होटल व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।

तुला
ऋणको बोझ कम हुनेछ । धनको कारोबार बढ्नेछ । आफन्तको साथ सहयोग राम्रो मिल्नेछ । बोलीबचनले साथ दिनेछ । बोलीको प्रभावमा मित्रको सहयोग मिल्नेछ । भोजनको सुख मिल्ने तथा नयाँ सरसामानको सुख मिल्नेछ ।

अपर्झट नयाँ कामका लागि यात्रा गर्नुपर्नेछ । सवारी सुख बढ्ने, धनपैसाको जोहो हुनेएवम् दाजुभाइबाट साथ सहयोग रहनेछ । साताको अन्त्यमा भने पारिवारिक द्वन्द्व बढ्ने एवम् मानसिक तनाव हुने देखिन्छ ।

वृश्चिक
काममा फाइदा मिल्नाले पुरानो गर्जो टर्नेछ । भोगविलासितामा धन बढी जानेछ । घरायसी व्यावहारिक चिन्ता कम हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ ठाउँको भ्रमण एवम् प्रेममा प्रगति हुनेछ । सम्पत्तिको कारोबार बढ्ने एवम् आर्थिक सहयोगीहरु अगाडि आउनेछन् ।

नयाँ जग्गाजमिनको खरिबबिक्री तथा कृषिबाट राम्रो आम्दानी हुनेछ । विद्या अध्ययनमा प्रगति एवम् राजनीतिमा पहुँच बढ्नेछ । बन्धुबान्धवको सहयोगले वैदेशिक कामबाट राम्रो फाइदा मिल्नेछ । नयाँ साथी मित्रताले नयाँ लगानीको वातावरण तयार हुनेछ ।

धनु
पारिवारिक यात्रामा खर्च हुनेछ । अनावश्यक लागत बढ्नाले खर्चको तनाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा साथीभाइसँग सामान्य मनमुटाव रहनेछ । सरसामान नोक्सानी हुनेछ । साताको मध्यमा भने मनोरञ्जनमा दिन बित्ने एवम् साथीभाइसँग भेटघाट हुनेछ ।

पुरानो मित्रको भेटले नयाँ काममा योजना बन्नेछ । खानपिनमा मोजमस्ती मिल्नेछ । साताको अन्त्यमा भने धनको कारोबार हुने, बोलीको कारणले काम बन्ने एवम् सामूहिक र आर्थिक सरसहयोगको कार्यमा सहभागिता भइनेछ ।

मकर
सवारी मोटरगाडीमा लगानी हुनेछ । आर्थिकस्तर बढ्नेछ । घरायसी काममा खर्च बढी हुनेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । आर्थिक सहयोग मिल्नाले आँटेको काम पूरा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचारको लागि खर्च हुनेछ ।

सामान्य क्षति हुनसक्ने एवम् आलोचनाको भय रहनेछ । यात्रा र भ्रमणमा रमाइलोमा समय पैसा जानेछ । साताको अन्त्यमा भने नयाँ मित्र भेटघाट हुने, मनोरञ्जनमा खर्च हुने तथा सानो यात्राको अवसर मिल्नेछ ।

कुम्भ
नोकरी रोजगारीबाट आम्दानी मिल्नेछ । काममा नयाँ जिम्मेवारी थपिनेछ । राजनीतिक क्षेत्रमा बलियो पकड रहनेछ । पद, प्रतिष्ठामा वृद्धि एवम् प्रसंशनीय काममा जस मिल्नेछ ।

पशु चौपाया एवम् कृषिबाट आर्थिक सहयोग मिल्नेछ । आम्दानीको रफ्तार बढ्नाले धन सम्पत्तिको चिन्ता घट्नेछ । साताको अन्त्यमा भने यात्रामा खर्च हुने, सामान्य चोटपटकको भय रहन्छ । आफन्तमा मनमुटाव बढ्नाले तनाव बढी हुने देखिन्छ ।

मीन
साथीभाइसँगको रमाइलोमा समय व्यतित हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्नेछ । ठूलाबडाको साथ मिल्नाले काममा प्रगति देखिन्छ । धार्मिक एवम् सामाजिक क्षेत्रमा योगदान हुनेछ । परोपकारमा मन जानेछ ।

राजनीतिक क्षेत्रबाट सहयोग मिल्ने छ । ठूलाबडाको साथ पाउनाले फाइदा आफूलाई हुनेछ । वैदेशिक काममा प्रगति मिल्ने छ । टाढाका आफन्तले आर्थिक सहयोग गर्नेछन् । आम्दानीको स्तर बढ्ने र धनसम्पत्तिको प्राप्ति देखिन्छ । कृषि पशुचौपायाबाट धनार्जन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार