महावीर पुनलाई ४५ वर्षपछि दशैंमा नयाँ कपडा ! जिन्दगीकै दोस्रो सुट

  पहिलोपेज

 322 पटक हेरिएको

काठमाडौं । यो सुनेर तपाईंलाई अचम्म लाग्नसक्छ । वैज्ञानिक महावीर पुनले आफ्नो जिन्दगीको ४५ वर्षपछि दशैंमा नयाँ कपडा पाएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्र नामक संस्था सञ्चालन गर्दै आएका वैज्ञानिक महावीर पुनले आफ्नो सामाजिक सञ्जालमा जिन्दगीमा दोस्रोपटक दशैंमा नयाँ सुट पाएको उल्लेख गरेका छन् ।

वैज्ञानिक पुनको स्टाटस जस्ताको तस्तै
‘लौ हेर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई !!!
शायद ४५ बर्षपछि मैले दशैंमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पूरा गरें । दशैंको बेलामा यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला । केही महिनापछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालिको दशैँ ता । कहिलेकाहिँ ता गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला ।’

लौ हेर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣 — सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला…

Gepostet von Mahabir Pun am Sonntag, 18. Oktober 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार