नेपाल लोकस्टारका विजेता शनि विश्वकर्माको पहिलो प्रस्तुति झुम्का झलक्कै

  पहिलोपेज

 170 पटक हेरिएको

काठमाडौं । आइएमइ नेपाल लोकस्टार शनि बिश्वकर्माको आवाजमा रहेको गीत ‘झुम्का झलक्कै’ म्युजिक भिडियो रिलिज भएको छ । हाइलाइट्स नेपालको युटुब च्यानलमार्फत रिलिज भएको झुम्का झलक्कै गीतमा बिष्णु माझीको समेत आवाज रहेको छ ।

यो गीत भरत बहादुर बस्नेत र दुर्लभ केसीको प्रस्तुति रहेको छ । गीतको शब्द र संगीत शिव हमालको रहेको छ । त्यसैगरी म्युजिक भिडियोमा कलाकारहरु सागर, रियषा, चक्र र गीताको जीवन्त अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोमा शनि विश्वकर्मा स्वयंको समेत अभिनय रहेको छ । शनि बिश्वकर्मा आइएमई नेपाल लोकस्टार भएपछिको यो पहिलो प्रस्तुति हो । उनले खुशी ब्यक्त गर्दै यसरी नै गीत संगीतमा निरन्तरता दिने बताएका छन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार