प्रेस काउन्सिलमा कोरोना, अनलाइन सेवा बाहेकका काम प्रभावित

  पहिलोपेज

 201 पटक हेरिएको

काठमाडौं । प्रेस काउन्सिल नेपालका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । काउन्सिलका वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुने बाहेकका अन्य सेवा बन्द गरेको छ ।

प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार यही कार्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार