भाउजूको हत्या गर्ने अभियुक्त यसरी परे प्रहरीको फन्दामा

  पहिलोपेज

 265 पटक हेरिएको

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा आफ्नै भाउजूको हत्या गरेको अभियोगमा पक्राउ परेका २४ वर्षीय मानसिंह खुनालाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गत असोज २७ गतेका दिन गाउँकै सुनबरा खोलामा सँगै माछा मार्न गएको अवस्थामा आपसमा वादविवाद हुँदा आफ्नै भाउजू ३५ वर्षीया कालीदेवी खुनाको हत्या गरेको आरोप लागेको छ । करीव १५ मिनेटभन्दा बढी समयसम्म पानीमा घाँटी च्यापेर हत्या गरी नदीकिनारको बालुवामा खाल्डोमा पुरेको अभियुक्तले बयान दिएको प्रहरीले जनाएको छ ।

अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार