२ सय १ जना पत्रकारमा कोरोना संक्रमण, २ को मृत्यु, ५६ जना उपचाररत

  पहिलोपेज

 151 पटक हेरिएको

काठमाडौं । कोभिड– १९ महामारीका कारण नेपालमा २ सय १ जना पत्रकारहरु संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका अनुसार २ सय १ जना संक्रमितमध्ये २ जनाले ज्यान गुमाएका छन् भने १ सय ४३ जनाले भने कोरोनालाई जितिसकेका छन् । महासंघको असोज २३ गतेसम्मको अभिलेखअनुसार ५६ जना पत्रकारहरु अझै पनि उपचाररत छन् ।

महासंघको अभिलेखअनुसार असोज २३ गतेसम्ममा प्रदेश नं. १ मा २९ जना, प्रदेश नं. २ मा ४२ जना, बागमती प्रदेशमा ६९ जना, गण्डकी प्रदेश १९ जना पत्रकारहरु संक्रमित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ११ जना, सुदूरपश्चिम प्रदेशमा २ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार