आज बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

  पहिलोपेज

 298 पटक हेरिएको

काठमाडौं । मंगलबार अमेरिकी डलरलगायत केही देशको मुद्रा विनिमयदर बढेको छ ।

नेपाल राष्ट्र बैँकले आज १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो डलरको खरिददर मूल्य ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ मा रहेको थियो ।

आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ रहेको छ ।

यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ १४ पैसा छ । त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १४ पैसा छ ।

अन्य देशको विनिमयदर पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार