निकै शुभ छ मंगलवार यी ८ राशिको भाग्य, ४ राशि सावधान ! आजको भाग्यफल हेर्नुहोस्

  पहिलोपेज

 320 पटक हेरिएको

मिति २०७७ साल असोज २० गते मंगलबार, २०२० अक्टोबर ०६ तारिख । अधिक आश्विन कृष्णपक्ष । तिथि–चतुर्थी

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् । दैनिकीलाई सहजरुपमा परिणत गर्न सकिनेछ ।

लामो दूरीको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ । समय मध्यम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला ।

हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन् ध्यान दिनुहोला । पढाई लेखाईमा एकरुपमा नहुँदा अरु भन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आलोचना गर्नेहरु सक्रिय रहनेछन् । राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनु होला । कृषि पेशा अपनाउनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अविश्वास बढ्ने योग रहेको छ भने कुनै काम गर्दै हुनुहुन्छ भने बिहानको समय उत्तम रहेको छ ।

विद्यार्थीहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् । ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यवसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईलाई सम्झनेछन् । छुट्टिएका मायाप्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ ।

शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरु समयमा नै सम्पन्न हुनेछन् ।

प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाईकै पक्षमा आउनेछन् । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिने छ ।

आन्तरिक व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने सकारात्मक उपलब्धि हात लाग्ने छ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने मायाप्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घरपरिवार तथा आफन्तहरु खुशी हुनेछन् । विवादित निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानी हुने योग रहेको छ ।

पुराना स्वास्थ्यसम्बन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ । नोकरीमा प्रतिष्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साइड लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । मायाप्रेममा रमाउन सकिने समय रहेको छ ।

व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने इच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङ्गा हुनेछ । भूमि बाहन तथा पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफलरुपमा स्थापित हुनेछन् । व्यापार व्यवसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिने छ । गीत संगीतमा मन जानेछ भने मायाप्रेममा नजिक हुने समय रहेको छ ।

नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । आउने अवसरलाई सहीरुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुदा मान सम्मानमा बृद्धि हुनेछ ।

मायाप्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आकस्मिकरुपमा खर्च बढ्ने योग रहेको छ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । विदेशी धन सम्पत्ति हात लाग्ने समय रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । अन्य क्रियाकलापमा ध्यान जाँदा पढाई लेखाई अधुरै रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ ।

लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार