यस वर्षको दशैं २०७७ मा घटस्थापनाको शुभसाइत (भिडियोसहित हेर्नुहोस्)

  पहिलोपेज

 290 पटक हेरिएको

नमस्कार सबैमा । सधैजसो यसपटक पनि तपाईंको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचरसम्बन्धी समाग्री लिएर उपस्थित भइसकेका छौँ । आशा छ, यसपटकको सामग्री पनि तपाईलाई अवश्य नै मन पर्ने नै छ ।

दशैं वा बडादशैं (अन्य नाम ः दशहरा, विजयादशमी, नवरात्र आयुध) पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कार्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको छ ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले शुभ साइतका लागि दोष नाश गर्ने अभिजित मुहूर्त लिनुपर्ने हुन्छ । त्यसैले ११ः४६ बजेको साइत निस्किएको हो । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

पूरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार