राजमोको राष्ट्रिय सम्मेलन आगामी चैत महिनामा, यस्ता छन् अरु निर्णय

  पहिलोपेज

 168 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन आगामी चैतमा हुने भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको यही असोज १५ गते बसेको अनलाइन बैठकले यही सालको चैतमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय समितिका निर्णयहरु
१. राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन हरेक ५ वर्षमा गर्नुपर्ने व्यवस्था र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउनु पर्ने भएकाले आगामी २०७७ चैत्र महिनामा चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ ।

२. चौथो राष्ट्रिय सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरिएको छ । सदस्यहरुमा उपाध्यक्ष दुर्गा पौडेल, महसाचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहनुभएको छ । त्यसैगरी महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको छ । सदस्यहरुमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहनुभएको छ ।

३. नेपालमा कोभिड १९ को प्रकोप दिन–प्रतिदिन समुदायमा तीव्रगतिमा फैलिइरहेको छ । नजिकिंंदै आएका चाड पर्वहरुमा त्यो झनै फैलिने खतरा छ । यो प्रकोपबाट बच्न जनता स्वयं सचेत हुनुपर्छ । सरकारले जनताको उपचार र स्वास्थ्यसम्बन्धी कुराहरुमा आवश्यक व्यवस्था मिलाउन जोड दिन्छौं ।

४. कोरोनाको कारणले जनजीवन अत्यन्त कष्टकर बन्दै गएको अवस्था छ । भ्रष्टाचार व्यापक रुपले मौलाएको छ । माफियाहरुको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटनाहरु बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षप बढ्दो छ । यो स्थितिमा सरकारले राम्रोसँग काम गर्न सकेको छैन । एमसिसी जस्तो राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउन दुष्प्रयत्न भइरहेको छ । यसतर्फ हामीले सबै न्यायप्रेमी, देशभक्त जनसमुदाय र सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दछौँ ।

मिति ः २०७७/०६/१६

जनकराज शर्मा
महासचिव

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार