साताको चौथो दिन ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस

  पहिलोपेज

 1834 पटक हेरिएको

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कोरोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार