काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ । नेकपा सचिवालयको बैठक पहिलोपटक पेरिसडाँडामा बसेको हो ।
यसअघि सचिवालय बैठक प्रायः प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरेको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा भने कहिल्यै बैठक हुने गरेको थिएन ।