अछामको बयालपाटा अस्पतालका १९ जना कर्मचारीलाई कोरोना पुष्टि

  पहिलोपेज

 210 पटक हेरिएको

काठमाडौं । अछाम जिल्लास्थित बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डडेलधुरा उपक्षेत्रीय अस्पतालको प्रयोशालामा गरिएको परीक्षणका क्रममा अस्पतालका १९ जनामा संक्रमण देखिएको हो ।

बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको विभिन्न विभागका १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको खबर प्राप्त भएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार