फेरि ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ आजको बजार मूल्य

  पहिलोपेज

 3089 पटक हेरिएको

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबार तोलामै ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य भने तोलाको ९४ हजार ९ सय तोकेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार पुगेको थियो । मंगलबार पनि सुनको मूल्य प्रतितोला ८०० ले घटेको थियो । बुधबार चाँदीको मूल्य तोलाको १२ सय १० रुपैयाँ कायम गरिएको छ ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्यमा गिरावट आएको छ । प्रतिऔंस २ हजार डलर नाघेको सुनको मूल्य बुधबार विश्वबजारमा प्रतिऔंस १ हजार ८९०.५५ डलरमा झरेको छ । अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार