कालीकोटमा पहिरो खस्दा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

  पहिलोपेज

 266 पटक हेरिएको

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ । बुधबार बिहान सवा ४ बजे गएको पहिरामा नरहरिनाथ–७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका थिए । सबैको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले घर पुरिएपछि ६२ बर्षीय गंगे बुढासहित उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको मृत्यु भएको हो ।

उनीहरू सबैको शव फेला परिसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । यस्तै, पहिरोमा परी घाइते भएकी गंगे बुढाकी छोरी विमला बुढाको सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उनलाई उपचारका लागि स्थानीय कुमाल बजार लगिएको थियो । पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उहाँले बताउनु भयो ।

यस्तै, मंगलबार राति नै नरहरीनाथ गाउँपालिका–५ मा गएको पहिरोमा बले बुढाको घर पुरिएको छ । उक्त पहिरोमा बेपत्ता भएका दले बुढा र उनकी श्रीमती मुना बुढाको शव फेला परेको एसएसपी वास्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार