साइप्रसमा धादिङकी २१ वर्षीया नेपाली छात्राको मृत्यु

  पहिलोपेज

 621 पटक हेरिएको

ब्रसेल्स । धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो ।

गत जनवरीमा अध्ययनको सिलसिलामा इन्टेकमा विद्यार्थी भिसाबाट साइप्रस पुगेकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी थिइन् । उनलाई निकोसिया अस्पताल पुराउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

स्थानीय प्रहरीले छात्रा रेणुकाको मृत्युबारे पुष्टि गरिसकेको त्यहाँका सञ्चारकर्मी समीम मियाले जानकारी दिनुभयो । राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला र झोलाभित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार