सरकारका अलोकतान्त्रिक तथा गैरजिम्मेवार कार्यका बिरुद्धमा तरुणहरु सशक्त हुने निर्णय

  पहिलोपेज

 252 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनतामा निराशामात्र फैलाएको भन्दै कांग्रेस जनताको साथमा रहनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तरुण बिभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले नेकपा नेतृत्वको सरकारको कामले देशलाई नै खतरा भएको समेत बताउनुभयो । उहाँले सरकारको मुलुकबिरोधी कामको विरुद्धमा कांग्रेस एक भएर उभिनुपर्ने धारणा राख्नुभयो । उहाँले अब पनि जनतामा कांग्रेसप्रतिको विश्वास जगाउन नसके मुलुक संकटमा पुग्ने बताउनुभयो । खड्काले पार्टीको मेरुदण्डको रुपमा आफ्ना अभियानलाई अघि बढाउन तरुण दललाई निर्देशन पनि दिनुभयो ।

तरुण बिभागले बिदेशबाट फर्केका युवाहरुलाई आर्यआर्जन तथा रोजगारी सिर्जनाका कार्यमा लाग्न सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारका अलोकतान्त्रिक तथा गैरजिम्मेवार कार्यका बिरुद्धमा आगामी दिनमा थप सशक्त रुपमा प्रस्तुत हुने निर्णय पनि तरुण बिभागले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार