साझा पार्टीका संयोजक मिश्रले दिए प्रधानन्यायाधीश चोलेन्द्रलाई राजीनामा दिन चुनौती

  पहिलोपेज

 478 पटक हेरिएको

काठमाडौं । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध साझा पार्टीले तराजुसहित काठमाडौंमा प्रदर्शन गरेको छ ।

सर्वाेच्च अदालतका पछिल्ला विवादित फैसलाको विरोध तथा न्यायपालिकाको समग्र सुधारका पक्षमा
साझा पार्टीले शनिबार ललितपुरको बखुण्डोलबाट माइतीघर मण्डलसम्म साझा तराजु यात्रा आयोजना गरेको हो ।

सवोच्चको त्रुटिपूर्ण निर्णय रद्द गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले देशमा देखिएको बेथिति र बिसंगसति अन्त्य गर्नुपर्ने आवाज उठाएका थिए । प्रदर्शनमा सहभागीहरुले भ्रष्टहरुलाई सिंहदरबार होइन, जेल हालौ, पीडितलाई न्याय दे, गैरन्यायीक फैसला चाहिँदैन, दोषीलाई उन्मुक्ति चाहिँदैन लेखेका प्लेकार्ड बोकेका थिए ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने व्यक्तिलाई कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले महाअभियोग लगाउनुपर्ने प्रधानन्याधीशलाई नियुक्ति गर्नेलाई नै जनताले महाअभियोग लगाउनुपर्ने धारणा राख्नुभयो ।

संयोजकले मिश्रले अदालतमा राजनीतिक हस्तक्षेप हुँदा न्याय र लोकतन्त्र मर्ने बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालीन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका थिए । सर्वोच्चको उक्त निर्णयको नागरिकस्तरबाटै विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार