कोरोनाबाट १७ वर्षीया युवतीको मृत्यु भएपछि मर्नेको संख्या ४५ पुग्यो

  पहिलोपेज

 618 पटक हेरिएको

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९)को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर– ८ की १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनु भयो ।

स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि बुधवार भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाव संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो ।

किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काँप्ने र स्वाशप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताउनुयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार