नागपञ्चमीमा नागपोखरी लगायत देशभर यसरी गरियो नाग देवताको पूजा

  पहिलोपेज

 451 पटक हेरिएको

काठमाडौं । शनिबार नागपञ्चमी । घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर देशभर मनाइएको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वका अवसरमा नाग पूजन गर्दा सर्प र बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । काठमाडौंका नागपोखरीमा विशेषरुपमा पूजाआजा गरिएको छ । कोरानाका कारण नागपोखरीको भित्री क्षेत्रमा भने प्रवेशमा रोक लगाइएको थियो ।

टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरिएको छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुबै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार