देशको मुटु राजधानीमै युवतीमाथि एसिड प्रहार

  पहिलोपेज समाचारदाता

 739 पटक हेरिएको

काठमाडौं । देशको मुटु मानिने राजधानी काठमाडौँमै एक युवतीमाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको हो ।

समाचारअनुसार ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।

पीडित युवतीको अनुहारमा एसिड प्ररेको छ । घटनापश्चात उपचारका लागि उनलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभएको छ । एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार