श्रीमती मारेर जेल परेका पूर्वडिआइजी रञ्जन कोइराला यसरी भए रिहा

  पहिलोपेज समाचारदाता

 729 पटक हेरिएको

काठमाडौं । श्रीमतीको हत्यामा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइराला थुनामुक्त भएका छन् ।

श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । श्रीमती हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला गत असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् ।

पूर्वडीआइजी कोइरालाले साढे ११ वर्ष कैद छुट पाएका थिए । कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।

सशस्त्र प्रहरीका तत्कालीन डिआईजी कोइरालाले २०६८ पुसमा श्रीमती गीता ढकालको हत्या गरी आफ्नै गाडीमा राखेर मकवानपुर जिल्लाको टिष्टुङ गाविस वडा नं ८ मेत्राङ भन्ने स्थानमा लगेर जलाएका थिए । गीताको कोइरालाका ससुरा हरेराम ढकालले छोरीको हत्या गरेको भन्दै ज्वाइँविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार