काठमाडौं । गत चैत ११ गतेदेखि लागू भएको लकडाउन बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप ह्वात्तै बढेको छ ।
चार महिने लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खुल्ला गरेपछि काठमाडौंमा सवारी चाप बढेको हो । सवारीसाधन सञ्चालनमा लागू भएको जोरविजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ । सवारी चाप बढेपछि ट्राफिक प्रहरीले चोकचोकमा चालकहरुलाई मास्क लगाउन आग्रह गरेको छ ।
अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्यरुपमा फर्कन थालेको छ । सडकमा निजी तथा सार्वजनिक सवारी साधनहरु बाक्लो संख्यामा देखिएका छन् भने चोकमा ट्राफिक जाम देखिएको छ । जनजीवन सामान्य बनाउन लकडाउन खोले पनि संक्रमणको जोखिम कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ ।