पछिल्लो २४ घण्टामा १ सय ५० जनामा कोरोना संक्रमणको पुष्टि

  पहिलोपेज

 226 पटक हेरिएको

काठमाडौं । मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप नयाँ १५० जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिपी अस्पताल धरानमा गरिएको परीक्षणका क्रममा ११ जना, कोशी अस्पताल बिराटनगरमा ३ जना, प्रादेशिक अस्पताल बिराटनगरमा ३ जना, जनकपुरमा ४२ जना, बिरगंजमा ३ जना, चितवनमा ४ जना, हेटौडामा ५ जना, धुलिखेलमा ३ जना, पाटन अस्पतालमा १ जना, शिक्षण अस्प्तालमा १४ जना, स्टार अस्पताल ललितपुरमा १ जना, पोखरामा १२ जना, रुपन्देहीमा १ जना, भेरी अस्पताल नेपालगंजमा ६ जना, सुर्खेतमा २ जना, दैलेखमा ९ जना, चौरजहारीमा १ जना, डडेल्धुरामा ४ र सेती अस्पताल धनगढीमा गरिएको परीक्षणका क्रममा २७ जनामा कोरोना देखिएको हो । गत २४ घण्टामा ३९६३ पिसिआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

मंगलबार थप ६ सय ९ जना डिस्चार्ज भएका छन् भने हालसम्म १२ हजार ४ सय ७७ जना डिस्चार्ज भएका छन् । हाल सक्रिय कोरोना संक्रमित ५ हजार ४ सय ७७ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार