काठमाडौंका खोलाकिनाराका बस्तीमा बाढी पस्ने खतरा, सतर्कताका लागि आग्रह

  पहिलोपेज

 316 पटक हेरिएको

काठमाडौं । काठमाडौं उपत्यकाका खोला किनारका बस्तीमा बाढी पस्नसक्ने जोखिम देखिएको छ ।

काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएकोले खोला किनारामा रहेका बस्तीमा बाढी पस्ने जोखिम देखिएको हो । निरन्तरको बर्षाका कारण केही स्थानमा बाढी पसेको छ भने थप अन्य स्थानमा पनि बाढी पस्ने खतरा देखिएको छ ।

मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्रायः सबै नदीमा पानीको तह खतरा तह आसपास पुगेको छ । नदी र नालाको पानी सडक र बस्तीसम्म आउन सक्ने भएकाले बेलुकासम्मै उच्च सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ । खोला किनारा छेउँमा बसोबास गर्ने मानिसहरुलाई सतर्कता अपनाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार