केहीबेर बसेर नेकपा स्थायी कमिटी बैठक एकसाता स्थगित, अध्यक्ष ओली नै अनुपस्थित

  पहिलोपेज

 251 पटक हेरिएको

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक मंगलबार केहीबेर बसेर एकसाताका लागि स्थगित गरिएको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले बाढीपहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गर्दै बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले राहत र उद्धारमा गम्भीरतापूर्वम लाग्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

बाढीपहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवीरुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको प्रवक्ता नारायण्काजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैठकमा अन्य बिषयमा केही छलफल नभएको र पार्टीको आन्तरिक बिषयमा आगामी बैठकमा छलफल हुने बताउनुभयो ।

बैठकमा व्यस्तताका कारण प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको विवाद समाधानका लागि मंगलबार नै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । ओली र प्रचण्डबीच पटकपटक छलफल भएपनि नेकपाभित्रको विवाद भने कम भएको छैन । ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि नेकपाको विवाद थप चुलिएको छ । नेकपा स्थायी कमिटी असार १० गते सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार