पूर्वपश्चिम राजमार्गको ज्यानमारा खाल्डोमा रोपियो केराको बोट

  पहिलोपेज

 796 पटक हेरिएको

दाङ । देउखुरी उपत्यकाको लमही नगरपालिका वडा नम्बर १ नर्तीस्थित पूर्वपश्चिम राजमार्गमा स्थानीयले सडकको बीचमै केराको बोट रोपिदिएका छन् ।

पटकपटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि गाउँभरिका स्थानीय भेला भएर विरोध जनाउँदै केरा रोपेको उनीहरुको भनाइ छ । सडक बिग्रेको लामो समयसम्म मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाबस्वरुप बीच सडकमै स्थानीयले दुईवटा केराका बोट रोपेका हुन् ।

लमहीदेखि पूर्वतिरको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बीच सडकमा भैंसी आहाल बस्ने जस्ता ठूलाठूला खाडल बनेका छन् । सडकमा परेका खाडलका कारण कैयौंपटक सवारीसाधन दुर्घटनामा परेका छन् भने कति मानिसले त ज्यान समेत गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार