राजधानी काठमाडौंमै बागमतीले केही स्थान डुवानमा

  पहिलोपेज

 856 पटक हेरिएको

काठमाडौं । बागमती नदीमा आएको बाढीका कारण काठमाडौंका त्रिपुरेश्वरस्थित बंशीखाट क्षेत्रमा रहेको सुकुम्वासी बस्ती डुवानमा परेको छ ।

अबिरल परेको पानीका कारण बस्ती नै डुवानमा परेपछि नेपाली सेना र प्रहरी उद्धारमा खटिएका थिए ।

घर तथा टहरामा चार÷पाँच फिटसम्म पानी जमेको प्रहरीले जनाएको छ । बर्षाका कारण बागमतीमा ठूलो बाढी आएको थियो । बाढी आएपछि सुरक्षाकर्मीले बासिन्दालाई सुरक्षित स्थानमा ल्याएका थिए भने अत्यावश्यक सामग्री निकाल्न माइकिङ गर्दै नदीको छेउँमा नजान आग्रह पनि गरेको थियो । यस्तो बाढीका कारण काठमाडौंका अन्य स्थानमा पनि घरभित्र पानी छिरेको छ । गोकर्णमा पनि एउटा मोटरसाइकल बगाएको थियो । बर्षाका कारण बाग्मतीका साथै बिष्णुमति, धोबीखोला लगायतमा पनि बाढी आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार