नारायणी नदीले जल सतह पार गरेपछि सतर्कताको घण्टी

  पहिलोपेज

 454 पटक हेरिएको

काठमाडौं । अबिरल बर्षाका कारण चितवनमा नारायणी नदीले जल सतह तह पार गरेपछि वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ ।

अविरल बर्षाका कारण नदीले सतर्कता तह पार गरेको नारायणी नदी देवघाट बाढी मापन केन्द्रले जानकारी दिएको छ । निरन्तर बर्षा भएकाले खतरा तह पुग्नसक्ने भएकाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधारणलाई आग्रह गरेको केन्द्रले जनाएको छ ।

८ मिटर पानीको बहाव पुगेमा नारायणी नदीलाई खतराको लेबल मान्ने गरिन्छ । नारायणी नदीको बाढीबाट हुनसक्ने क्षति न्युनिकरण गर्न उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने जस्ता काम भइरहेको भट्टराईले बताउनुभयो ।

सम्भावित क्षेत्रमा रहेका रेडक्रसलाई विपतका समयमा उद्धार र राहतका लागि तयारी रहन आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार