जनार्दन शर्मालाई गृहमन्त्रीको लोभ गरेको बात लागेपछि…

  पहिलोपेज

 588 पटक हेरिएको

काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पनि नाम जोडिएको छ । विवादमा आफ्नो नाम पनि जोडिएपछि स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले आफूलाई पदको लोभ नभएको बताउनुभएको छ ।

आफ्नो सामाजिक सञ्जालमा स्टाटस राख्दै शर्माले आफूले गृहमन्त्री नताकेको प्रष्ट पार्नुभएको छ । विभिन्न मिडियामा जनार्दन शर्माको गृहमन्त्री मोहले आफूलाई शितलनिवास पुराएको भन्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बारेको समाचार आएपछि शर्माले सामाजिक सञ्जालमार्फत खण्डन गर्नुभएको हो । नेता शर्माले पार्टी एकता बचाउन आफू सक्रिय रहेको प्रष्ट पार्नुभएको छ ।

‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्वेलित भएर दुश्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु ।’ नेता शर्माले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘कुनै पद प्राप्तिको लोभबिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार