आफ्नै भाञ्जालाई अपहरण गरी मार्ने मामा १३ वर्षपछि पक्राउ

  पहिलोपेज

 461 पटक हेरिएको

काठमाडौं । आफ्नै भान्जाको अपहरणपश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरि सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै भारतको मुजफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई सार्वजनिक गरेको हो । महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालीन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत खिचापोखरी बस्ने रोहित गुप्तालाई अपहरण गरेका थिए । उनले रोहितका बुबा बासुदेव गुप्तासँग २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरणमुक्त नभएको र खोजतलासका क्रममा असोज २७ गते बालकको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा प्लाष्टिकको बोरामा पोको पारेको अवस्थामा फेला परेको महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

घटनामा बालकको सहोदर मामा गुप्ताले धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि उनलाई २०६४ मंसिर १२ गते नै पक्राउ गरेको र निज हाल कारागारमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार