नेपालमा हालसम्म ११ हजार ६ सय ९५ ले जिते कोरोना

  पहिलोपेज

 488 पटक हेरिएको

काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा काठमाडौं उपत्यकाका ३ जना पनि रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अस्पतालमा ३३ जना, नारायणी अस्पतालमा ८ जना, जनस्वास्थ्य प्रयोगशालामा २३ जना, शुक्रराज अस्पतालमा ४ जना, किटजन्य प्रयोगशाला हेटौडामा ५ जना, पोखरामा गरिएको परिक्षणमा २२ जना, रुपन्देहीमा ३ जना, भेरी अस्पतालमा २० जना, लुम्बिनी अस्पतालमा १० जना, सुर्खेतमा सल्यानका १ जना, डडेल्धुरामा २ जना, सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको उहाले बताउनुभयो । गत २४ घण्टामा ५७ जना डिस्चार्ज भएका छन् ।

प्रा.डा. गौतमका अनुसार हालसम्म ११ हजार ६ सय ९५ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ जना छन् भने गत २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पिसिआर टेष्ट भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार