नेकपा सचिवालय बैठक निष्कर्षविहीन

  पहिलोपेज

 236 पटक हेरिएको

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक निष्कर्षविहीन भएको छ ।

शनिबार बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेको उहाँले बताउनुभयो । उहाँले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेशबमोजिम काम गर्नेगरी थप छलफल गर्ने सहमति भएको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको जानकारी दिनुभयो । बैठकअघि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । नेकपामा ओलीको प्रधानमन्त्री पदबाट राजीनामा मागेपछि विवाद चुलिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार