साना पार्टीका पनि ठूलै दुःख, प्रवक्ता सूर्यराज र मुमाराम साझा पार्टीबाट अलग

  पहिलोपेज

 636 पटक हेरिएको

काठमाडौं । पार्टी निर्माण गर्ने प्रक्रियाको विषयमा सहमति नजुट्दा साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र नेता मुमाराम खनाल पार्टीबाट अलग हुनुभएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीको सबै जिम्मेवारी त्याग गर्ने प्रस्ताव प्रवक्ता आचार्यले राखेका थिए । त्यस्तै मुमाराम खनालले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

साझा पार्टीले अहिलेसम्मको योगदानका लागि प्रवक्ता आचार्य र खनाललाई धन्यवाद दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार