प्रधानमन्त्रीको पक्षमा उभियो पत्रकार महासंघ, भारतीय मिडियाको प्रचारबाजी निन्दनीय

  पहिलोपेज समाचारदाता

 444 पटक हेरिएको

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले भारतीय सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध आइरहेका समाचार बकवासपूर्ण र निन्दनीय भएको बताएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भारतीय सञ्चारमाध्यमका समाचारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसको कडा शव्दमा भत्र्सना गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जीन्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भत्र्सना गर्दछ । साथै, महासंघ प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट
महासचिव

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार